काठमाडौं- मेलम्ची नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ।
आइतबार साँझ ७ बजेसम्मको विवरण अनुसार वडा नम्बर १ मा १२ सय र वडा नम्बर १३ मा १ हजार गरि २२०० मत गणना हुँदा एमालेले अग्रता बनाएको हो।
नगर प्रमुखमा एमाले उम्मेदवारले ७३९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ। कांग्रेस उम्मेदवारले ५८१ मत पाएका छन्। तेस्रो स्थानमा एकीकृत समाजवादी रहेको छ। मेयरमा एकीकृत समाजवादीका उम्मेदवारले ५६८ मत पाएका छन्।
उपमेयरमा भने माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट माओवादी उम्मेदवारले अग्रता बनाएका छन्। उनले ८०३ मत पाउँदा नेकपा एमालेका उपमेयरका उम्मेदवारले ७०४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।