काठमाडौं– नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएपछि बाजुरामा कर्फ्यू आदेश जारी गरिएको छ।
बुढीनन्दा नगरपालिका ७, ८,९ र १० तथा बुढीगंगा नगरपालिकाको २,३,४,५ र ९ मा झडप भइ स्थिति नियन्त्रण बाहिर गइ धनजनको क्षति हुन सक्ने सम्भावना देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
दुवै नगरपालिकाका ती वडाअन्तर्गत सम्पूर्ण क्षेत्रमा कसैले आवतजावत गर्न, भेला जम्मा हुन, नाराबाजी गर्न र हिंसात्मक गतिविधि गर्न नदिने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम गएराति ८ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो।
आदेशको बर्खिलाप हुने गरी गतिविधिहरू भएमा सोही ऐन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जारी गरेको सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।