काठमाडौं– दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘हनिबनी’मा बलिउड अभिनेता अभिमन्यु तोमार अनुबन्धित भएका छन्। निर्देशक भट्टराईले सामाजिक सञ्जालमार्फत फिल्ममा तोमार अनुबन्धित भएका सार्वजनिक गरेका हुन्।
यसअघि फिल्ममा अनमोल केसी मुख्य भूमिकामा देखिने भनिएको थियो। तर, अनमोलले फिल्म छाडेका थिए। अन्तिम समयमा आएर अभिनेता केसी र फिल्मकी नायिका सारा शिर्पाइली फिल्मबाट बाहिरिएका थिए।
फिल्म मुख्य अभिनेता र अभिनेत्री बिहिन भएपछि निर्माण पक्षले साराको ठाउँमा जसिता गुरुङलाई लिएको थियो। हाल अभिनेताका रुपमा बलिउडका तोमार अनुबन्धित भएका छन्।
नेपाल र लण्डनमा छायांकन हुने फिल्ममा तोमार अभिनेत्री गुरुङसँग देखिनेछन्। फिल्ममा तोमार र गुरुङसँगै अभिनेता सलोन बस्नेत पनि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।