काठमाडौं- टर्किको इस्तानबुलमा मे ९ तारिखदेखि सञ्चालन भइरहेको आईबा उमन वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ पराजित भएकी छन्।
४६ देखि ४८ केजी तौल समूहमा मंगोलियन खेलाडीसँग स्पिलट डिसिजनमा तामाङ पराजित भइन्। सुष्माले पहिलो राउण्डमा दोस्रो र तेस्रो राउण्डको तुलनामा कम पञ्च प्रहार गरिन् र डिसिजन ३:२ को आधारमा मंगोलियाको पक्षमा भयो।
दोस्रो राउण्डमा उनले सुधार गरे पनि उनको लेफ्ट गार्ड खुल्ला र तल झरेका कारण फाइदा मंगोलियन खेलाडीले लिन पुगे।
इस्तानबुलमा जारी बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।