काठमाडौं- आज बिहीबार पाँच वटा प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसो प्रदेश–१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश–१, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार कर्णाली र सुदूररपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार राति प्रदेश–१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश–१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि शुक्रबार पनि यी प्रदेशमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, बागमती र गण्डकी प्रदेशमा शुक्रबार मेघगर्जन र चटयाङ्सहित पानी पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।