काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय तह निर्वाचनका दिन शुक्रबार देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख २५ गते दक्षिण बंगालको खाडीमा विकसित भएको असानी यसअघि गरिएको पूर्वानुमान भन्दा दक्षिणमा रहेको महाशाखाले जनाएको छ।
बुधबार भारतको आन्द्र प्रदेशको तटीय क्षेत्र आसपासमै रहेको असानी बिहीबार सोही स्थानमै कमजोर अवस्थामा रहने सम्भावना रहेको देखिएको छ। उक्त प्रणालीको यस अघि पूर्वानुमान गरिएको भन्दा दक्षिणमै रहने हुनाले उक्त प्रणालीको आंशिक प्रभावमात्र नेपालमा पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मतदानको दिन बिहान प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहेन छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।