काठमाडौं– चालु आर्थिक वर्ष २०७८/०७९ को ९ महिना (साउनदेखि चैतसम्म)को अवधिमा विप्रेषण (रेमिटेन्स) आप्रवाह ०.६ प्रतिशतले घटेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।
चालु आवको चैत मसान्तसम्म ७ खर्ब २४ अर्ब ७४ करोड रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
चैत महिनामा मात्रै ९३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत लिने नेपाली संख्या भने उल्लेख्य रुपमा बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ। ९ महिनाको अवधिमा २ लाख ५६ हजार ३१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रमम स्वीकृति लिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको अवधिमा यस्तो स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो।
यस्तै, पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९९.९ प्रतिशतले बढेर २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।