काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा नक्कली ट्वीटर ह्यान्डल चलाएर स्थानीय तहको निर्वाचनका सन्दर्भमा गलत सूचना सम्प्रेषण भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।
घिसिङले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक आफ्नो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको बताएका छन्।
कार्यकारी निर्देशक घिसिङले नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन्।
'निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,' घिसिङले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।