काठमाडौं– भारतीय वायु सेनाको जहाज काठमाडौं हुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा)मा अवतरण गरेको छ। भारतीय वायुसेनाको ‘आईएल–७६’ जहाज बुधबार बिहान काठमाडौं हुँदै भैरहवा पुगेको हो।
दिल्लीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाज लगतै भैरहवाका लागि उडेको थियो।
रुपन्देही प्रहरी स्रोतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मी लिएर जहाज भैरहवा पुगेको जानकारी दिएको छ। जहाजमा भारतको विशेष सुरक्षा दल (एसपीजी)का सुरक्षाकर्मीहरु आएका जनाइएको छ।
बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी भ्रमणमा आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।