काठमाडौं– सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेकाे छ। अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९७ हजार रुपैयाँमा खरिदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेको महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले घटेकाे छ। अघिल्लो दिन १२ सय ७५ रुपैयाँ तोकिएको चाँदी बुधबार १२ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।