• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

वर्षेनी अर्बौं रुपैयाँ विनियोजन गरिए पनि कृषकले समयमा किन पाउँदैनन् मल?

64x64
सुमित्रा कार्की शनिबार, जेठ ७, २०७९  ११:१९
1140x725

काठमाडौं– सरकारले रासायनिक मल खरिदका लागि वर्षेनी अर्बौं रुपैयाँ खर्च गर्छ। तर, किसानले खेती गर्ने समयमा मल नै पाउँदैनन्। यस्तो समस्या भोग्नु परेको वर्षौँ भए पनि सरकारले समाधान निकाल्न सकेको छैन।

सरकारले कृषि क्षेत्रमा विनियोजन गर्ने बजेटको आधाभन्दा धेरै रकम अनुदानको रासायनिक मल खरिदका लागि खर्च हुन्छ। नेपालमा रासायनिक मल उत्पादन हुँदैन। सरकारले विदेशबाट समयमै आयात गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुने गरेको छ।

विगत तीन वर्षमा सरकारले मल अनुदानमा करिब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। तर, पछिल्ला तीन वर्ष नै किसानले सहज रुपमा मल पाएनन्। बरु मलको अभाव बढ्दै गएको छ।

आर्थिक वर्ष २०६७/७७ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अनुदानका लागि मल खरिद गर्न ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए। आर्थिक वर्ष २०७७/७८ मा खतिवडाले नै ११ अर्ब रुपैयाँ विनियोजन गरे। चालु आर्थिक वर्ष २०७८/७९ को लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा मल खरिदका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरे।

चालु आर्थिक वर्षको बजेट अर्थमन्त्री जनार्दन शर्माले संसोधन गरे। अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गरेर पूर्ण बजेट ल्याउँदा अनुदानका लागि मल खरिद गर्ने रकम बढाएर शर्माले १५ अर्ब रुपैयाँ पुर्‍याएका थिए। आगामी आर्थिक वर्ष २०७९/८० को लागि पनि कृषि मन्त्रालयले मल खरिदमा १५ अर्ब रुपैयाँको बजेट सिलिङ बनाएर अर्थमन्त्रीलाई बुझाएको छ। 

खरिदको जिम्मा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङलाई
हरेक वर्ष सरकारले अनुदानको रकमबाट मल खरिद गर्ने जिम्मा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीलाई दिने गरेको छ। यी दुई संस्थाले टेन्डर आह्वान गरेर ठेकेदारमार्फत मल खरिद गर्छन्। 

चालु आर्थिक वर्षको अनुदान रकमबाट पनि सरकारले साल्ट ट्रेडिङ र कृषि सामग्रीलाई मल ल्याउन स्वीकृति दिएको छ। चालु आवको बजेटमार्फत पाँच लाख मेट्रिक टन मल आयात गर्ने सरकारको तयारी छ। त्यसमध्ये ३० प्रतिशत मल खरिदको जिम्मा साल्ट ट्रेडिङ र ७० प्रतिशतको जिम्मा कृषि साम्रग्रीलाई दिइएको छ।

साल्ट ट्रेडिङले हालसम्म २५ हजार मेट्रिक टन मल खरिद गरेको सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिए। तर, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले यो वर्ष साल्ट ट्रेडिङ कम्पनीले डेढ लाख मेट्रिक टन मल ल्याउने जिम्मा पाए पनि अहिलेसम्म ल्याउँदै नल्याएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सञ्जेलका अनुसार कृषि सामग्री कम्पनीले भने यो आर्थिक वर्षमा दुई लाख मेट्रिक टन मल आयात गरिसकेको छ। कम्पनीले अरु डेढ लाख मेट्रिक टन मल ल्याउन बाँकी छ। त्यसका लागि कम्पनीले बोलपत्र आह्वान गरिसकेको थियो। तर, ठेकेदारले समयमा मल ल्याउन नसकेपछि बोलपत्र रद्द गरिएको कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए। उनले भने, ‘ठेकेदारले भनेको बेला मल ल्याउन र वितरण गर्न सक्नु भएन। त्यसैले बोलपत्र रद्द गर्नुपर्‍यो।’

सरकारले भारतसँग ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जीटुजी) मल खरिद गर्ने सम्झौता गरेको छ। गत फागुन १६ गते सरकारले नेपालमा मलको आवश्यकता पर्दा ‘फास्ट ट्रयाक’मार्फत मल ल्याउने प्रक्रिया बनाएको छ। अहिले भारतमा पनि मल किन्न पाउने अवस्था छैन। भारतले तेस्रो देशबाट मल ल्याउँछ र त्यही मल नेपाल पठाउँछ। भारतले खास गरी चीनबाट मल ल्याउँछ। तर, पछिल्लो समय चीनले मल निर्यात रोकेपछि भारतबाट नेपाल आउने मल पनि घटेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले गएको १८ देखि २० चैतसम्म भारत भ्रमणमा रहँदा भारतीय मन्त्री नरेन्द्र मोदीसँग जीटुजीमार्फत मल ल्याउने प्रक्रिया अगाडि बढाएका थिए।उनले भारत सरकारलाई तत्काल एक लाख ५० हजार मेट्रिकटन मल दिन आग्रह गरेका थिए। तर, उक्त मल कहिले आउने भन्ने टुंगो छैन।

किन पाउँदैनन् कृषकले मल?
ठेकेदारले समयमा मल खरिद नगर्दा किसानले अनुदानको मल समयमा नै नपाउने अवस्था सिर्जना भएको हो। कहिले ठेकेदारले समयमा मल नल्याउने र कहिले मल नै खरिद गर्न नपाउने जस्ता समस्या रहेको साल्ट ट्रेडिङका सूचना अधिकारी भण्डारीले बताए।

Xtrem

Xtrem

सरकारले अनुदानमा दिएको मलले माग धान्न नसक्ने हुँदा वर्षेनी मल अभाव हुने गरेको कृषि सामग्री कम्पनीका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘सरकारले जुन प्रकारको बजेटको योजना बनाएर मल खरिद गर्न बजेट निर्धारण गरेको थियो, त्यो मूल्यभन्दा महंगो मूल्यमा हामीले मल खरिद गरेर ल्याउनु पर्ने अवस्था छ।’

अहिले अन्तराष्ट्रिय बजारमा नै मलको अभाव भएको उनको भनाइ छ। कोरोनाको कारण पनि मलको मूल्य बढेको उनी बताउँछन्। चीनबाट ५० प्रतिशतसम्म मल आयात गर्ने गरिएको भए पनि पछिल्लो समयमा उसले निर्यात नै बन्द गरिदिएको उनले बताए।

चीनले मल निर्यात बन्द गरेपछि र भारतले नियन्त्रण थालेपछि नेपालले बांगलादेशबाट मल ल्याउने प्रक्रिया पनि सुरु गरेको थियो। तर, उक्त प्रक्रियाबाट केही मल मात्र नेपाल आएको छ।

२०७७ मंसिरमा मन्त्रिपरिषद् बैठकले बांगलादेशबाट जीटुजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न स्वीकृति दिएको थियो। कृषि सामग्री कम्पनी र बांगलादेशी कम्पनी बीसीआईसीबीच ढाकामा खरिद–बिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसअनुसार केही मल आउँदा २०७८ सालको वर्षामा मलको हाहाकार केही कम भएको थियो।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्