काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ।
एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो। बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए। यसअघिको कार्यकाल तुलसीपुर-१७ को वडा सदस्य भएर समेत काम गरेका उनी यसपटक अध्यक्षको उम्मेदवार थिए।
चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो।
तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। शिक्षण अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए।
उनको शवलाई गृहनगर दाङमै अन्तिम संस्कार गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।