काठमाडौं– नक्कली बिल विजक जारी गरेर राजस्व छली गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
राजस्व अनुसन्धान विभागले अन्तरा इन्टरनेशनलका २ जना लेखापरीक्षकविरुद्ध ८ करोड ५३ लाख ७७ हजार ५ सय ५४ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागले अन्तराका लेखापरीषक श्याम सुन्दर यादव र गणेशबहादुर केसीविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर (भ्याट) बिल खरिद गरेर पेस गरेको विभागको अभियोगपत्रमा उल्लेख छ।
विभागले राजश्व चुहावट ऐन अनुसार बिगो र जरिवाना गरि १७ करोड ७५ लाख ५ हजार सय सय ८ रुपैयाँ असुल हुनुपर्ने दाबी गरेको छ।
नवलपरासीका सरावल गाउँपालिकाका स्थायी निवासी समिर खान, योगेन्द्र यादव, कृष्णप्रसाद काफ्ले, इश्वरीप्रसाद रेग्मी र रमेश कलाबार विरुद्ध ३२ लाख ९१ हजार ३ सय ५० रुपैयाँ बिगो र कैदसहित विदेशी विनिमय ऐनअनुसार सजाय गर्न माग गर्दै अर्को अभियोगपत्र विभागले दायर गरेको छ।
उनीहरुसँग ३२ लाख ९१ हजार ३ सय ५० बराबरको भारतीय रुपैयाँ बरामद भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।