काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर नेपाली सेनाले देशभर ८ सय ३४ वटा वेश क्याम्प स्थापन गरेको छ।
सुरक्षा संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै चुस्त रुपमा सुरक्षाकर्मी परिचालन गर्नका लागि ८ सय ३४ वटा अपरेशन बेश क्याम्प स्थापना गरिएको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ। आवश्यकताअनुसार अन्य बेश क्याम्प पनि थप गर्न सकिने सेनाले जनाएको छ।
त्यसैगरी ५१ वटा कारागारको सुरक्षा जिम्मा पनि नेपाली सेनाले लिएको छ। निर्वाचन प्रहरी खटिनु पर्ने भएकाले कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो।
विमानस्थल, रेडियो प्रसारण केन्द्र, संसद् भवन जस्ता १७ महत्त्वपूर्ण स्थानहरुको सुरक्षा जिम्मासमेत सेनाले लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।