काठमाडौं- गत वर्षको मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ।
गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षापछि कञ्चनपुरको भीमदत्त–१२ ओदालीस्थित निर्माणाधीन ६ लेनको सडक र मनोरञ्जन पार्कका पोखरीका संरचना भत्किएका थिए।
उक्त निर्माणको ठेक्का पाएको कुमार-सी एफ इसी जेभीले दाबी बीमाबापत्को रकम आठ करोड ९७ लाख ९८ हजार रुपैयाँ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमित कम्पनीका प्रतिनिधि शुशीलकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।
साथै, चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म यस कम्पनीले ७ हजार ८२८ वटा दाबी फर्छ्योट गरी १ अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ तथा अग्रिम दाबीबापत ८ करोड भुक्तानी गरेको छ।
फर्छ्योट गर्न बाँकी दाबीको संख्या ३ हजार ८५७ (कोरोना दाबीबाहेक) रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।