काठमाडौं– नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले लामाको एकल बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
उमेर हदका कारण अनिवार्य अवकाशमा जाने मिति नजिकिएको अवस्थामा सरकारले लामालाई डीआईजीबाट एआईजीमा बढुवा गर्न लागेको हो। लामा जेठ ८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।