काठमाडौं–ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानको सडकपेटीमा बेवारिसे शव भेटिएको छ। महालक्ष्मीस्थान मन्दिरको सडकपेटीमा परिचय खुल्न नसकेका एक पुरुरषको शव भेटिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार अन्दाजी ६०/६५ वर्षको पुरुषको शव भेटिएको छ। घटनास्थल मुचुल्का गरी शव परीक्षणका लागि पाटन अस्पतालमा पठाइएको छ।
शरीरको माथिल्लो भागमो सेतो र निलो हाफ टिसर्ट लगाएको तथा कालो रंगको ट्राउजर लगाएका पुरुषको शव भेटिएको हो। कपाल फुलेको, गोरो वर्ण र ५ फिट ७ इन्च उचाई भएका पुरुषको अव भेटिएकाले यो हुलियासँग मेल खाने कोही व्यक्ति हराएको भए वा कसैले चिने खबर गर्न प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।