काठमाडौं– ३ वर्षअघि हत्यामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका छन्।
२०७५ सल मंसिर ८ गते काठमाडौंको तिनकुनेस्थित पेट्रोल पम्पनजिक बिक्की थेबे लिम्बुलाई कर्तव्य गरी मारेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाई फरार रहेका अभियुक्त सरोज सुन्दास ३ वर्षपछि पक्राउ परेका हुन्।
घटनामा संलग्न महेश परियार र मनिष बानियाँ तत्काल पक्राउ परे पनि सुन्दास फराररहेका थिए।
सुन्दासलाई काठमाडौंको नैकापमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।