इलाम– इलामको देउमाई नगरपालिका–७ का ४५ वबर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
वैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कँदै गरेका राईको हत्या घटना अनुसन्धान गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।
पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका–७ चुलिगाउँका २३ वर्षीय भुपेन राई र उनकै भाई २० वर्षीय श्रीचन्द्र राई रहेका छन्।
उनीहरूले कोरोनाको खोप लगाई घर फर्कँदै गरेका राईलाई बाटोमा सामान्य वादविवादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुलेसँगै दुवै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।