काठमाडौं– इलाको इलाम नगरपालिका–८ कि ३१ वर्षीया बिनिता काफ्लेको हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्। हत्या आरोपमा स्थानीय ४२ वर्षीय देवेन्द्र रिमाललाई प्रहरीले पक्राउ गरेको हो।
वैशाख १७ गते इलाम नगरपालिका–८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरीरका विभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो।
शव फेला परेसँगै अनुसन्धानको क्रममा रिमालसँग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुलेको थियो। त्यसपछि प्रहरीले रिमाललाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा रिमालले उक्त घटना आफैंले घटाएको भनी साबिति बयान दिएको प्रहरीको भनाइ छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।