काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ।
अज्ञात समूहले विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको भन्दै फोन गरेको थियो। त्यसपछि सतकर्ता अपनाउँदै विमानस्थल क्षेत्र खालि गराइएको थियो।
तर, अनुसन्धानका क्रममा बम नभएको पुष्टि भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
बम रहेको भन्दै फोन आएपछि तत्कालै नेपाली सेनाको बम डिस्पोजल टोली विमानस्थल पुगेको थियो। सर्च गर्ने क्रममा बम नभएको पुष्टि भएको हो।
प्रहरीले बम रहेको भन्दै फोन गर्नेको खोजी गरिरहेको जनाएको छ।
प्रवक्ता राठौरले उडान सुचारुका लागि तयारी गर्ने काम भइरहेको बताए। उनले फोन गर्ने व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको समेत जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।