काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखिएको भन्दै अपरिचति व्यक्तिबाट फोन आएपछि बम खोजीको काम सुरु गरिएको छ।
प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालका अनुसार बम राखिएको भन्दै फोन आएपछि खोजी सुरु गरिएको हो।
अहिले यात्रुहरुलाई बाहिर निकालेर खोजीको काम सुरु भएको ढकालले जानकारी। नेपाली सेना र प्रहरीका साथै कुकुर पनि परिचालन गरिएको छ।
शंकास्पद वस्तुको खोजीपछि डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली समेत विमानस्थल पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।