१. निर्वाचन आयोगद्वारा मत बदर हुने कारण सार्वजनिक, मतदाताले मत संकेत गर्दा विचार पुर्याएर मतदान गर्न आग्रह, निर्वाचनमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने सुझाव । (मत बदर हुने कारण सार्वजनिक)
२. बिहीबार भरतपुरमा सत्ता गठबन्धनको संयुक्त चुनावी सभा हुने, सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि गगन थापासम्मले सम्बोधन गर्ने । (संयुक्त चुनावी सभाको तयारी)
३. मुलुकको राष्ट्रिय सम्पत्ति लेखा परीक्षण गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, यस्ता कुराको लेखा परीक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने तर्क । (अर्थमन्त्री शर्माको तर्क)
४. रुसबाट ग्यास र तेलको आपूर्ति रोक्ने विषयमा युरोपेली युनियनका देशहरुबीच हुन सकेन सहमति, ग्यासको आपूर्तिमा प्रतिबन्ध लगाउन हंगेरी र जर्मनीको असहमति । (ईयूका देशबीच असहमति)
५. र, यूईएफएद्वारा रुसको राष्ट्रिय टिम र क्लबमाथि थप प्रतिबन्ध घोषणा, युरोकप फुटबल २०२८ र २०३२ को आयोजनाका लागि रुसले पेश गरेको दाबी अयोग्य । ( रुसमाथि थप प्रतिबन्ध)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।