• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतको पहिलो आमनिर्वाचन : जब महिलाको नाम ‘फलानाको आमा’ वा ‘फलानाको पत्नी’ लेखिएको थियो

अनुराग भारद्वाज बुधबार, वैशाख २१, २०७९  ०७:००
1140x725

सन् १९५० भारत स्वतन्त्र गणतन्त्र भइसकेको थियो। त्यहीबेला अन्य एसियाली देशहरुमा भने उथलपुथल भइरहेको थियो। चीनमा साम्यवादी व्यवस्था लागू भएको एक वर्ष भएको थियो। जोर्डन र इरानमा त्यहाँका प्रधानमन्त्रीको हत्या भएको थियो। 

कश्मीरको विषयलाई लिएर भारतमा पनि तनाव उत्पन्न भएको थियो। जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री नियुक्त भए पनि निर्वाचित थिएनन्। नेहरुमाथि रुसले आफ्नो प्रभाव बढाइरहेको थियो। अर्कातिर अमेरिका पनि भारतमा बर्चश्व जमाउने प्रयासमा थियो। 

यस्तो माहोलमा भारतमा एउटा प्रश्न उठ्न थालेको थियो– देशमा गणतन्त्र त आयो, तर लोकतन्त्र कहिले आउँछ? सबैको आशा देशका ‘मुखिया’माथि थियो। नेहरूलाई पनि लोकतन्त्र ल्याउन हतार थियो। नतिजास्वरुप भारतमा चुनावी महाकुम्भको तयारी हुन थाल्यो।

‘इण्डिया आफ्टर गान्धी’मा रामचन्द्र गुहाले पहिलो आमनिर्वाचनलाई ‘अन्य कुराभन्दा पनि पहिले जनताको विश्वास जित्नका लागि भएको युद्ध’ भनेका छन्। युरोप र अमेरिका, जहाँ वयस्क मताधिकारका सीमित मान्यता थिए र महिलाहरूलई मताधिकारबाट बञ्चित गराइएको थियो। यसको ठीक विपरित भर्खर स्वतन्त्र भएको भारतमा सबै वयस्क नागरिकलाई मताधिकार दिइएको थियो। जुन देश स्वतन्त्र भएको भर्खरै पाँच वर्ष भएको थियो, जुन देशमा शताब्दीदेखि राजशाही शासन थियो, जहाँ साक्षरता २० प्रतिशत मात्रै थियो, त्यो देशका सम्पूर्ण नागरिकलाई आफ्नो शासन छान्ने अधिकार दिइनु सायद पूरै विश्वको लागि प्रभावशाली सन्देश थियो।

यो प्रसंग सन् १९५२ को हो, जतिबेला भारतमा पहिलो आम निर्वाचन भएको थियो। 

निर्वाचन आयोगको गठन
भारतमा गणतन्त्र स्थापना हुनु एक दिनअघि मात्रै निर्वाचन आयोग गठन गरिएको थियो। नेहरुको सुझावमा सुकुमार सेनले पहिलो मुख्य चुनाव आयुक्तको जिम्मेवारी पाएका थिए। सेन योग्य आईसीएस अधिकारी हुनुका साथै गणितिज्ञ पनि थिए। उनले नेहरुको हतार गर्ने बानी आफूमाथि हाबी हुन दिएनन्। नेहरुले त सन् १९५१ कै सुरुमा निर्वाचन चाहेका थिए।

भारतमा निर्वाचन प्रक्रिया सन् १९४७ मा स्वतन्त्र हुनुअघि नै सुरु भएको थियो। तर, त्यतिबेला यसको राजनीतिक दायरा ब्रिटिश इन्डियाका ११ प्रान्तमा मात्रै सिमित थियो। त्यो बेला जनता चुनावी प्रक्रियाबाट बञ्चित थिए। स्वतन्त्रतापछि उनीहरुको निम्ति यो पहिलो अवसर थियो।

पहिलो चुनावी अभियानको दायरा एक लाख वर्ग माइलसम्म फैलिएको थियो। भारतको कुल जनसंख्या ३६ करोड थियो, जसमा लगभग साढे १७ करोड मानिसहरु बालिग थिए। लगभग ४५ सय सिटका निम्ति मतदान हुन लागेको थियो, जसमा लोकसभाको लागि ४८९ र अन्य सिट विभिन्न राज्यका विधानसभाका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसपटक निर्वाचनको अनुभव भएका बेलायतीहरु भारतमा थिएनन्। तर, यो सुकुमार सेन र अन्य योग्य आईसीएस अधिकारीहरूकै मिहिनेतले पूरै प्रक्रियालाई इमानदार शैलीमा समापन भएको थियो। समस्यासँग जुध्नका लागि केही उपयुक्त उपायहरू अपनाइएको थियो।

निर्वाचनका लागि २२ हजार ४०० पोलिङ बुथ बनाइएको थियो। नागरिकको सहजताका लागि हरेक पोलिङ बुथमा हरेक पार्टीको चुनाव चिह्न राखिएको थियो।

रामचन्द्र गुहाका अनुसार त्योबेला मुख्य समस्या जनगणनामा महिलाहरुले आफ्नो नाम ‘फलानाको आमा’ वा ‘फलानाको पत्नी’ बताएका कारण भएको थियो। यो समस्याका बीच सुकुमार सेनले स्पष्ट परिचय नभएका यस्ता २८ लाख महिलाहरूको नाम मतदाता नामावलीबाट हटाउने निर्णय लिए। आगामी निर्वाचनसम्म यो समस्याबाट समाधान निकाल्ने परिणाम खोज्न पनि उनले निर्णय गरेका थिए।

निर्वाचन प्रक्रियालाई बुझ्न र निर्वाच्नका लागि सकारात्मक सन्देश नागरिकसम्म पु¥याउन निर्वाचन आयोगले रेडियो र फिल्मको सहारा लिएको थियो।

Xtrem

Xtrem

कांग्रेसको विघटनपछि प्रधानमन्त्री पदमा धेरैको आँखा
राजनीतिमा महत्वकांक्षी हुनु आवश्यक हुन्छ। भनिन्छ, भारतीय कांग्रेसका कतिपय राजनेताहरु गान्धीले नेहरुलाई आफ्नो राजनीतिक विरासत सुम्पिएका कारण अशान्त भएका थिए। स्वतन्त्रतापछि सरदार बल्लभ भाइ पटेल र जवाहरलाल नेहरुबीच तानातानी भएको थियो। पटेलको मृत्युपछि भारतीय राष्ट्रिय कांग्रेसमा नेहरुको सबैभन्दा ठूलो चुनौती पन्छिएको थियो।

सन् १९५० मा कांग्रेस पार्टीका अध्यक्षको चुनावमा नेहरुको समर्थन पाएका कट्टर गान्धीवादी जीवटराम भगवान दास कृपलानी पार्टीका अर्का नेता हिन्दूवादी धारद्वारा समर्थन पाएका पुरुषोत्तम दास टण्डनसँग हारेका थिए। त्यसपछि विक्षिप्त भएर आचार्य कृपलानीले कांग्रेस परित्याग गरेर किसान मजदुर प्रज्ञा पार्टी बनाए। नेहरुको विरोध र पार्टीभित्र बढिरहेको मतभेदका कारण टण्डनले पनि अध्यक्ष पदबाट राजीनामा दिए। अनि प्रधानमन्त्रीको पदका लागि जवाहरलाल नेहरुको दाबेदारी थप बलियो भयो।

यसबीच सोशलिष्ट पार्टीका जयप्रकाश नारायणको पनि निकै बलियो गरी उदय भइरहेको थियो। दोस्रोतर्फ भारतीय राष्ट्रिय कांग्रेस छाडेर श्यामाप्रसाद मुखर्जीले जनसंघ स्थापना गरे र पहिलो आमनिर्वाचनमा दाबेदारी पेस गरे। जनसंघले हिन्दू भोट बैंकलाई आफ्नो मुख्य आधार मानेको थियो। भारतीय कम्युनिष्ट पार्टी (भाकपा) ले पनि ठूला सपनाहरु देखिरहेको थियो।

तर, सबैलाई अच्चममा पारे भीमराव अम्बेडकरले। भारतको जातीय समीकरणलाई सबैभन्दा राम्रोसँग बुझेका अम्बेडकरले पनि जवाहरलाल नेहरुसँग असन्तुष्ट भएर कांग्रेस छाडे। उनले सेड्युल्ड कास्ट फेडेरेसन बनाए, जुन पछि रिपब्लिकन पार्टी भएको थियो।

अम्बेडकरले चुनावी सभाहरूमा नेहरुलाई ‘तल्लो जाति’ भनिने समुदायका निम्ति केही नगरेको आरोप लगाउँथे। संविधान लागू भएको दुई वर्ष पनि भएको थिएन। त्यस अवधिमा कांग्रेसले समाजको सबैभन्दा तल्लो तहमा रहेकाहरूका लागि केही नगरेको अम्बेडकरले बुझिसकेका थिए।

प्रचारका अनौठा तरिका
हरेक पार्टीले फरक शैलीमा निर्वाचनको प्रचार गरिरहेका थिए। नेहरुले साम्प्रादायिकतामाथि आक्रमण गरिरहेका थिए भने अम्बेडकरले नेहरुका नितिहरुमाथि। जनसंघले ‘संघ शक्ति कलियुगे’को अवधारणालाई फैलाउन थालेको थियो। कृपलानी र जेपी कांग्रेसले गरीबीलाई वेवास्था गरेको बताइरहेका थिए। भाकपाले अन्य पार्टी र उम्मेदवारहरुलाई ‘भ्रष्ट’ र ‘धूर्त’ भनेर प्रचार गरिरहेको थियो। उनीहरूलाई रुसको सहयोग प्राप्त भइरहेको थियो। मस्को रेडियोले भाकपाको एजेन्डाको प्रचार गरिदिएको थियो। 

पर्खाल र ऐतिहासिक स्थलहरू पोस्टर र नाराले भरिएका थिए। कतिपय ठाउँमा त गाईको शरीरमा नारा लेखेर पनि भोट मागिएको थियो। नेहरु, श्यामाप्रसाद मुखर्जी, जेपी सबै जना एकसेएक वक्ता थिए। नेहरुले आफू स्वयंलाई ‘देशको समृद्धिका लागि भोट माग्ने भिखारी’ सम्म भन्न भ्याएका थिए।

जब हैदराबादका निजामले भोट हाल्न लाज माने
सबैभन्दा पहिलो भोट हिमाचल प्रदेशको छिनी भन्ने मतदान केन्द्रमा भएको थियो। उक्त दिन २५ अक्टोबर १९५१ थियो। फेब्रुअरी १९५२ मा निर्वाचन सकियो। त्यति बेलासम्म थाकेका सुकुमार सेनले सबैलाई धन्यवाद दिँदै लोकतन्त्रको सबैभन्दा ठूलो प्रयोग भएको बताएका थिए।

नेहरुको ठूलो लोकप्रियताका कारण कांग्रेस पार्टीलाई बहुमत मिल्यो। उनले उत्तर प्रदेशमा भारी मतका साथ विजय हासिल गरे। उनीभन्दा धेरै मतले जित्ने उम्मेदवार भने भाकपाका रवि नारायण रेड्डी थिए।

आचार्य कृपलानी फैजावादमा हारे। भीमराव अम्बेडकर बम्बई (मुम्बई)को रिजर्व सिटमा कांग्रेसका एक सामान्य उम्मेदवारसँग पराजित भए। सन् १९५४ मा भण्डारा (महाराष्ट्र)मा भएको उपचुनावमा उनी फेरि उठेका थिए र फेरि पराजित भए। संसदमा अम्बेडकरको प्रवेश राज्यसभामार्फत भएको थियो।

कांग्रेसले संसदमा रहेका ४८९ मध्ये ३२४ सिट जितेको थियो। यसको सबैभन्दा ठूलो कारण थिए जवाहरलाल नेहरु। उता विभिन्न राज्यको विधानसभामा पनि कांग्रेसको प्रदर्शन राम्रो थियो। कुल ३,२८० सिटमध्ये कांग्रेसले २,२४७ सिटमा जित प्राप्त गरेको थियो।

पहिलो आमनिर्वाचनको सफलताले कैयौं पश्चिमी राजनीतिक विश्लेषकहरुलाई पनि अच्चममा पारेको थियो। उनीहरुलाई आशंका थियो, भारत यति ठूलो अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्नेछ। आफुबाट खोसिएको राज्यलाई लिएर हरेक साँझ चुनावी असफलतामाथि बाजी लगाउनेहरूले अब भने आगामी निर्वाचनमा आफूलाई कांग्रेसबाट टिकट मिलोस् भनेर तयारी गर्न थालेका थिए। भारतमा विलयको विरोध गर्ने हैदरावादका निजाम (हैदरावादमाथि पुस्तौनी शासन गर्ने व्यक्तिलाई दिइएको नाम) सबैभन्दा पहिले भोट हाल्नेहरुमध्येमा एक थिए। यसको कारण उनले यो व्यवस्थामाथि विश्वास गरेर भने थिएन। बरु, उनी आम मानिससँग लाम लाग्नमा लाज मानिरहेका थिए।

टर्कीका एक पत्रकारले नेहरुको ‘महानता’ बताउँदै यो निर्वाचनलाई १७ करोड नागरिकको जित भएको बताएका थिए। स्वीडेनका नोबेल पुरस्कार विजेता गुनर मर्दल  लोकतन्त्रको जितपछि पनि भारतलाई ‘सफ्ट स्टेट’ (मर्दलले अविकसित र अनुशासित रहेको दक्षिण एसियाली समाज भन्न प्रयोग गरेको शब्दावली) नै भनिरहे।

मर्दलसँग भारतलाई अझै पनि यस्तो भन्नमा आफ्नै कारण थिए होलान्। तर, भारतको पहिलो आमनिर्वाचन भने एउटा सफल प्रयोग थियो।

सत्याग्रहमा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्