• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतको पहिलो आमनिर्वाचन : जब महिलाको नाम ‘फलानाको आमा’ वा ‘फलानाको पत्नी’ लेखिएको थियो

अनुराग भारद्वाज बुधबार, वैशाख २१, २०७९  ०७:००
1140x725

सन् १९५० भारत स्वतन्त्र गणतन्त्र भइसकेको थियो। त्यहीबेला अन्य एसियाली देशहरुमा भने उथलपुथल भइरहेको थियो। चीनमा साम्यवादी व्यवस्था लागू भएको एक वर्ष भएको थियो। जोर्डन र इरानमा त्यहाँका प्रधानमन्त्रीको हत्या भएको थियो। 

कश्मीरको विषयलाई लिएर भारतमा पनि तनाव उत्पन्न भएको थियो। जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री नियुक्त भए पनि निर्वाचित थिएनन्। नेहरुमाथि रुसले आफ्नो प्रभाव बढाइरहेको थियो। अर्कातिर अमेरिका पनि भारतमा बर्चश्व जमाउने प्रयासमा थियो। 

यस्तो माहोलमा भारतमा एउटा प्रश्न उठ्न थालेको थियो– देशमा गणतन्त्र त आयो, तर लोकतन्त्र कहिले आउँछ? सबैको आशा देशका ‘मुखिया’माथि थियो। नेहरूलाई पनि लोकतन्त्र ल्याउन हतार थियो। नतिजास्वरुप भारतमा चुनावी महाकुम्भको तयारी हुन थाल्यो।

‘इण्डिया आफ्टर गान्धी’मा रामचन्द्र गुहाले पहिलो आमनिर्वाचनलाई ‘अन्य कुराभन्दा पनि पहिले जनताको विश्वास जित्नका लागि भएको युद्ध’ भनेका छन्। युरोप र अमेरिका, जहाँ वयस्क मताधिकारका सीमित मान्यता थिए र महिलाहरूलई मताधिकारबाट बञ्चित गराइएको थियो। यसको ठीक विपरित भर्खर स्वतन्त्र भएको भारतमा सबै वयस्क नागरिकलाई मताधिकार दिइएको थियो। जुन देश स्वतन्त्र भएको भर्खरै पाँच वर्ष भएको थियो, जुन देशमा शताब्दीदेखि राजशाही शासन थियो, जहाँ साक्षरता २० प्रतिशत मात्रै थियो, त्यो देशका सम्पूर्ण नागरिकलाई आफ्नो शासन छान्ने अधिकार दिइनु सायद पूरै विश्वको लागि प्रभावशाली सन्देश थियो।

यो प्रसंग सन् १९५२ को हो, जतिबेला भारतमा पहिलो आम निर्वाचन भएको थियो। 

निर्वाचन आयोगको गठन
भारतमा गणतन्त्र स्थापना हुनु एक दिनअघि मात्रै निर्वाचन आयोग गठन गरिएको थियो। नेहरुको सुझावमा सुकुमार सेनले पहिलो मुख्य चुनाव आयुक्तको जिम्मेवारी पाएका थिए। सेन योग्य आईसीएस अधिकारी हुनुका साथै गणितिज्ञ पनि थिए। उनले नेहरुको हतार गर्ने बानी आफूमाथि हाबी हुन दिएनन्। नेहरुले त सन् १९५१ कै सुरुमा निर्वाचन चाहेका थिए।

भारतमा निर्वाचन प्रक्रिया सन् १९४७ मा स्वतन्त्र हुनुअघि नै सुरु भएको थियो। तर, त्यतिबेला यसको राजनीतिक दायरा ब्रिटिश इन्डियाका ११ प्रान्तमा मात्रै सिमित थियो। त्यो बेला जनता चुनावी प्रक्रियाबाट बञ्चित थिए। स्वतन्त्रतापछि उनीहरुको निम्ति यो पहिलो अवसर थियो।

पहिलो चुनावी अभियानको दायरा एक लाख वर्ग माइलसम्म फैलिएको थियो। भारतको कुल जनसंख्या ३६ करोड थियो, जसमा लगभग साढे १७ करोड मानिसहरु बालिग थिए। लगभग ४५ सय सिटका निम्ति मतदान हुन लागेको थियो, जसमा लोकसभाको लागि ४८९ र अन्य सिट विभिन्न राज्यका विधानसभाका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यसपटक निर्वाचनको अनुभव भएका बेलायतीहरु भारतमा थिएनन्। तर, यो सुकुमार सेन र अन्य योग्य आईसीएस अधिकारीहरूकै मिहिनेतले पूरै प्रक्रियालाई इमानदार शैलीमा समापन भएको थियो। समस्यासँग जुध्नका लागि केही उपयुक्त उपायहरू अपनाइएको थियो।

निर्वाचनका लागि २२ हजार ४०० पोलिङ बुथ बनाइएको थियो। नागरिकको सहजताका लागि हरेक पोलिङ बुथमा हरेक पार्टीको चुनाव चिह्न राखिएको थियो।

रामचन्द्र गुहाका अनुसार त्योबेला मुख्य समस्या जनगणनामा महिलाहरुले आफ्नो नाम ‘फलानाको आमा’ वा ‘फलानाको पत्नी’ बताएका कारण भएको थियो। यो समस्याका बीच सुकुमार सेनले स्पष्ट परिचय नभएका यस्ता २८ लाख महिलाहरूको नाम मतदाता नामावलीबाट हटाउने निर्णय लिए। आगामी निर्वाचनसम्म यो समस्याबाट समाधान निकाल्ने परिणाम खोज्न पनि उनले निर्णय गरेका थिए।

निर्वाचन प्रक्रियालाई बुझ्न र निर्वाच्नका लागि सकारात्मक सन्देश नागरिकसम्म पु¥याउन निर्वाचन आयोगले रेडियो र फिल्मको सहारा लिएको थियो।

कांग्रेसको विघटनपछि प्रधानमन्त्री पदमा धेरैको आँखा
राजनीतिमा महत्वकांक्षी हुनु आवश्यक हुन्छ। भनिन्छ, भारतीय कांग्रेसका कतिपय राजनेताहरु गान्धीले नेहरुलाई आफ्नो राजनीतिक विरासत सुम्पिएका कारण अशान्त भएका थिए। स्वतन्त्रतापछि सरदार बल्लभ भाइ पटेल र जवाहरलाल नेहरुबीच तानातानी भएको थियो। पटेलको मृत्युपछि भारतीय राष्ट्रिय कांग्रेसमा नेहरुको सबैभन्दा ठूलो चुनौती पन्छिएको थियो।

सन् १९५० मा कांग्रेस पार्टीका अध्यक्षको चुनावमा नेहरुको समर्थन पाएका कट्टर गान्धीवादी जीवटराम भगवान दास कृपलानी पार्टीका अर्का नेता हिन्दूवादी धारद्वारा समर्थन पाएका पुरुषोत्तम दास टण्डनसँग हारेका थिए। त्यसपछि विक्षिप्त भएर आचार्य कृपलानीले कांग्रेस परित्याग गरेर किसान मजदुर प्रज्ञा पार्टी बनाए। नेहरुको विरोध र पार्टीभित्र बढिरहेको मतभेदका कारण टण्डनले पनि अध्यक्ष पदबाट राजीनामा दिए। अनि प्रधानमन्त्रीको पदका लागि जवाहरलाल नेहरुको दाबेदारी थप बलियो भयो।

यसबीच सोशलिष्ट पार्टीका जयप्रकाश नारायणको पनि निकै बलियो गरी उदय भइरहेको थियो। दोस्रोतर्फ भारतीय राष्ट्रिय कांग्रेस छाडेर श्यामाप्रसाद मुखर्जीले जनसंघ स्थापना गरे र पहिलो आमनिर्वाचनमा दाबेदारी पेस गरे। जनसंघले हिन्दू भोट बैंकलाई आफ्नो मुख्य आधार मानेको थियो। भारतीय कम्युनिष्ट पार्टी (भाकपा) ले पनि ठूला सपनाहरु देखिरहेको थियो।

तर, सबैलाई अच्चममा पारे भीमराव अम्बेडकरले। भारतको जातीय समीकरणलाई सबैभन्दा राम्रोसँग बुझेका अम्बेडकरले पनि जवाहरलाल नेहरुसँग असन्तुष्ट भएर कांग्रेस छाडे। उनले सेड्युल्ड कास्ट फेडेरेसन बनाए, जुन पछि रिपब्लिकन पार्टी भएको थियो।

अम्बेडकरले चुनावी सभाहरूमा नेहरुलाई ‘तल्लो जाति’ भनिने समुदायका निम्ति केही नगरेको आरोप लगाउँथे। संविधान लागू भएको दुई वर्ष पनि भएको थिएन। त्यस अवधिमा कांग्रेसले समाजको सबैभन्दा तल्लो तहमा रहेकाहरूका लागि केही नगरेको अम्बेडकरले बुझिसकेका थिए।

प्रचारका अनौठा तरिका
हरेक पार्टीले फरक शैलीमा निर्वाचनको प्रचार गरिरहेका थिए। नेहरुले साम्प्रादायिकतामाथि आक्रमण गरिरहेका थिए भने अम्बेडकरले नेहरुका नितिहरुमाथि। जनसंघले ‘संघ शक्ति कलियुगे’को अवधारणालाई फैलाउन थालेको थियो। कृपलानी र जेपी कांग्रेसले गरीबीलाई वेवास्था गरेको बताइरहेका थिए। भाकपाले अन्य पार्टी र उम्मेदवारहरुलाई ‘भ्रष्ट’ र ‘धूर्त’ भनेर प्रचार गरिरहेको थियो। उनीहरूलाई रुसको सहयोग प्राप्त भइरहेको थियो। मस्को रेडियोले भाकपाको एजेन्डाको प्रचार गरिदिएको थियो। 

पर्खाल र ऐतिहासिक स्थलहरू पोस्टर र नाराले भरिएका थिए। कतिपय ठाउँमा त गाईको शरीरमा नारा लेखेर पनि भोट मागिएको थियो। नेहरु, श्यामाप्रसाद मुखर्जी, जेपी सबै जना एकसेएक वक्ता थिए। नेहरुले आफू स्वयंलाई ‘देशको समृद्धिका लागि भोट माग्ने भिखारी’ सम्म भन्न भ्याएका थिए।

जब हैदराबादका निजामले भोट हाल्न लाज माने
सबैभन्दा पहिलो भोट हिमाचल प्रदेशको छिनी भन्ने मतदान केन्द्रमा भएको थियो। उक्त दिन २५ अक्टोबर १९५१ थियो। फेब्रुअरी १९५२ मा निर्वाचन सकियो। त्यति बेलासम्म थाकेका सुकुमार सेनले सबैलाई धन्यवाद दिँदै लोकतन्त्रको सबैभन्दा ठूलो प्रयोग भएको बताएका थिए।

नेहरुको ठूलो लोकप्रियताका कारण कांग्रेस पार्टीलाई बहुमत मिल्यो। उनले उत्तर प्रदेशमा भारी मतका साथ विजय हासिल गरे। उनीभन्दा धेरै मतले जित्ने उम्मेदवार भने भाकपाका रवि नारायण रेड्डी थिए।

आचार्य कृपलानी फैजावादमा हारे। भीमराव अम्बेडकर बम्बई (मुम्बई)को रिजर्व सिटमा कांग्रेसका एक सामान्य उम्मेदवारसँग पराजित भए। सन् १९५४ मा भण्डारा (महाराष्ट्र)मा भएको उपचुनावमा उनी फेरि उठेका थिए र फेरि पराजित भए। संसदमा अम्बेडकरको प्रवेश राज्यसभामार्फत भएको थियो।

कांग्रेसले संसदमा रहेका ४८९ मध्ये ३२४ सिट जितेको थियो। यसको सबैभन्दा ठूलो कारण थिए जवाहरलाल नेहरु। उता विभिन्न राज्यको विधानसभामा पनि कांग्रेसको प्रदर्शन राम्रो थियो। कुल ३,२८० सिटमध्ये कांग्रेसले २,२४७ सिटमा जित प्राप्त गरेको थियो।

पहिलो आमनिर्वाचनको सफलताले कैयौं पश्चिमी राजनीतिक विश्लेषकहरुलाई पनि अच्चममा पारेको थियो। उनीहरुलाई आशंका थियो, भारत यति ठूलो अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्नेछ। आफुबाट खोसिएको राज्यलाई लिएर हरेक साँझ चुनावी असफलतामाथि बाजी लगाउनेहरूले अब भने आगामी निर्वाचनमा आफूलाई कांग्रेसबाट टिकट मिलोस् भनेर तयारी गर्न थालेका थिए। भारतमा विलयको विरोध गर्ने हैदरावादका निजाम (हैदरावादमाथि पुस्तौनी शासन गर्ने व्यक्तिलाई दिइएको नाम) सबैभन्दा पहिले भोट हाल्नेहरुमध्येमा एक थिए। यसको कारण उनले यो व्यवस्थामाथि विश्वास गरेर भने थिएन। बरु, उनी आम मानिससँग लाम लाग्नमा लाज मानिरहेका थिए।

टर्कीका एक पत्रकारले नेहरुको ‘महानता’ बताउँदै यो निर्वाचनलाई १७ करोड नागरिकको जित भएको बताएका थिए। स्वीडेनका नोबेल पुरस्कार विजेता गुनर मर्दल  लोकतन्त्रको जितपछि पनि भारतलाई ‘सफ्ट स्टेट’ (मर्दलले अविकसित र अनुशासित रहेको दक्षिण एसियाली समाज भन्न प्रयोग गरेको शब्दावली) नै भनिरहे।

मर्दलसँग भारतलाई अझै पनि यस्तो भन्नमा आफ्नै कारण थिए होलान्। तर, भारतको पहिलो आमनिर्वाचन भने एउटा सफल प्रयोग थियो।

सत्याग्रहमा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रतिनिधि सभा बैठक सर्‍यो
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी
सम्बन्धित सामग्री
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा बुधबार १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। सोमबार, असार ८, २०८३
अमेरिका–इरान वार्ता : ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य, उच्चस्तरीय निगरानी समिति गठन वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नय... सोमबार, असार ८, २०८३
उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट: सात जनाको मृत्यु, तीन घाइते प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’मार्फत लक्षित गरिएको थिय... शनिबार, असार ६, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी बुधबार, असार १०, २०८३
होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार सुरु बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्