काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिएर बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताएका छन् ।
मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने बताएका हुन् ।
राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन शनिबार नै काठमाडौँ फर्किन लागेको उनले बताएका छन् ।
उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए। गौतमसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।