काठमाडौं–संरक्षित वन्यजन्तु सालकको खपेटासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने ३४ वर्षीय जयराम तामाङ र सोही ठाउँ घर भई मनमैंजु बस्ने ३२ वर्षका रवि तामाङ छन्।
काठमाडौंं महानगरपालिका १४ स्युचाटार पुलस्थित सडकखण्डमा केही व्यक्ति मिली सालकको खपेटा बिक्री वितरण तथा ओसारपसार गर्ने कार्य गरिरहेका छन् भन्ने गोप्य सूचना आएपछि कालिमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले वैशाख १७ मा उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुबाट सालकको जस्तो देखिने खपेटा २ किलो ५४२ ग्राम र बागमती प्रदेश ०२–०३० प ६७५१ नम्बरको मोटरसाइकल थान १ तथा मोबाइल थान २ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।