काठमाडौं–काठमाडौं–निर्माणाधीन तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा सोमबार साँझ लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको छ। साँझ ५ बजे मकवानपुरको बकैयाँ गाउँपालिका ११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा ३७ वर्षका सु मिङवाओ, ५१ वर्षका झाङ सिस्यु र ५० वर्षका लुओ गुआविन छन्। दुर्घटनामा दुई चिनियाँ र एक नेपाली घाइते भएका छन्। चालक मकवानपुर हेटौंडा ११ थानाभर्याङका ४४ वर्षीय प्रितम लामाको टाउको, छाति र बायाँ हातमा चोट लागेको जनाइएको छ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक पुजा सिंह र मकवानपुरका प्रहरी प्रमुखलाई फोन गरेर घाइतेलाई तत्काल अस्पताल पुर्याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।