काठमाडौं–सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन्।
सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर उनले आफू बुधबारबाट काममा फर्कने बताएका हुन्।
‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ एआइजी थापाले भने, ‘मंगलबार सरकारी बिदा छ। बुधबार हाजिर गरेर काम सम्हाल्छु।’
एआइजी थापा प्रहरीको कार्य विभाग प्रमुख हुन्। कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय तह निर्वाचन प्रमुख भएर काम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।