काठमाडौं–भारतीय कांग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन्। उनी साँझ साढे पाँच बजे काठमाडौं आइपुगेका हुन्।
प्रहरी स्रोतका अनुसार गान्धी होटल मेरियटमा रहनेछन्। उनी छुट्टी मनाउन नेपाल आएको र रारा, मुस्ताङलगायत स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
गान्धीको बसाइ पाँच दिनको रहने स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।