काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) सेयर बजार उच्च अंकले घटेको छ। सोमबार सेयर बजार परिसूचक (नेप्से) ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा ओर्लिएको छ। ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ८.४५ अङ्कले घटेर ४४१.७९ विन्दुमा ओर्लिएको छ।
कूल २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ मूल्यमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण ३२ खर्ब ८२ अर्ब ३२ करोड ७६ लाख ८० हजार बराबर भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्य नै ओरालो लागेको छ। बैंकिङ १६.२६, व्यापार ३०.१३, होटल तथा पर्यटन ११४.७२, विकास बैंक १२७.३३, जलविद्युत् ९५.७९, वित्त ७४.४४, निर्जीवन बीमा २१८.६३, उत्पादन ११२.७४, अन्य ६१.१, लघुवित्त ६९.०७, जीवन बीमा ३४२.२५, सामूहिक लगानी कोष ०.१ र लगानी १.७२ अङ्कले ओरालो लागे।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा छ। सो कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७४३ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरी ४ करोड ३८ लाख ३० हजार ५६३, शिवम् सिमेन्ट ४ करोड २५ लाख २३ हजार ९१६, नेपाल फाइनान्स ४ करोड पाँच लाख १८ हजार २६० र युनियन हाइड्रोपावर ३ करोड ७४ लाख ४ हजार ३७५ बराबरको कारोबार भइ शीर्ष ५ भित्र पर्न सफल भए।
नेप्सेका अनुसार नेप्से परिसूचक ओरालो लागे पनि जाल्पा सामुदायिक लघुवित्तको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। पोर्ट माइक्रोफाइनान्स २, सामुदायिक लघुवित्त २, केबिए डिवेञ्चर १.९४ र सबैको लघुवित्तका लगानीकर्ताले १.८६ प्रतिशतले कमाए। नेपाल फाइनान्स १०, युनियन हाइड्रोपावर ८.७७, दिव्यश्वरी हाइड्रोपावर ८.२०, माउण्टेन इनर्जी नेपाल ६.७६ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ६.६९ प्रतिशतले गुमाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।