काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट पेस गरेका छन्।
धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदरको माग गर्दै पोखरेलले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले एआईजी पोखरेलको रिट सर्वोच्चमा पुगेको जानकारी दिए।
‘उहाँको रिट सर्वोच्चमा पुगेको छ। रिट दर्ता भइसकेको छैन,’ढकालले भने,‘रिट रुजुको प्रक्रियामा छ। अध्ययनपछि दर्ता हुन्छ।’
आईजी नियुक्तिप्रति असन्तुष्ट रहेका अर्का एआईजी सहकुल थापाको रिट भने सर्वोच्च पुगेको छैन।
सिंहभन्दा १६ महिना पहिले एआईजीमा बढुवा भएको र वरिष्ठताका आधारमा आफू आईजीपीमा बढुवा हुनुपर्ने माग पोखरेलले रिटमा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।