काठमाडौं– राजस्व संकलन गर्न अर्थमन्त्रालय रोइकराई गरेर नलागेको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको पूर्वबजेट छलफलमा बोल्दै शर्माले भने,‘अर्थमन्त्रालय रोइकराई गरेर राजस्व उठाउन लागेको छैन, व्याापारीहरु पनि रोइकराई गरेर यस्को पछि नलाग्नुस। यसले कसैको पनि भलो हुँदैन।’
अर्थतन्त्रमा योगदान गर्ने क्षेत्र निजीक्षेत्र नै भएको कारण यस क्षेत्रले राजस्वको कुरालाई सकारात्मक भएर हेर्न अर्थमन्त्री शर्माले आग्रह गरेका छन्। उनले निजीक्षेत्रलाई कसरी राजस्व कम गराउने भन्नेतर्फ नलागेर कसरी अर्थतन्त्र राम्रो बनाउने भन्ने तर्फ लाग्न अनुरोध गरेका छन्।
शर्माले निजीक्षेत्रमा भएको नीतिगत समस्या तथा प्रशासनिक समस्या भए आफू त्यसलाई सुधार गर्न लागिपर्ने बताए। उनी भन्छन्, ‘तपाईहरु मसँग यस्ता समस्या लिएर आउनुस् म त्यसको समाधानको लागि तत्काल मापदण्ड बनाउन सक्छौं।’
निजीक्षेत्रले बजेटका लागि सुझाव दिँदै राजस्व घटाउनुपर्ने बताएका थिए। यसैगरी आगामी बजेटको लागि निजीक्षेत्रले वैदेशिक लगानी नेपालमा भित्र्याउनको लागि सहज वातावरण बनाई दिन सरकारलाई सुझाव दिएका छन्।
अर्थमन्त्री शर्मा आगामी आर्थिक वर्षमा विभिन्न प्रोजेक्टमार्फत विदेशी लगानी तथा ऋण नेपालमा भित्रिले बताएका छन्। सरकारले जनाताले ऋणको भार बोक्नुनपर्ने गरी परियोजनामार्फन ऋण तथा लगानी ल्याउनको लागि काम गर्ने शर्माले बताए।
शर्माले निजी क्षेत्रलाई आयातमा भन्दा कृषि क्षेत्रको विकासमा लाग्न अनुरोध गरेका छन्। यसैगरी, अहिले उद्योगमा देखिएको विद्युतको समस्या पनि चाँडै समाधान हुने उनले जानकारी दिएका छन्। अहिलेको संकट टार्न प्रधानमन्त्री सक्षम कुरा पुर्याएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।