काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ।
आइतबार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। आज तुजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी १३ सय रुपैयाँमा किनबेच भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।