काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृहमन्त्रालयमा सोमबार बिहान आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो।
आईजीपीको दावेदारमा रहेका एआईजी विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रविन्द्र धानुकमध्ये सरकारले सिंहलाई बढुवा गरेको हो।
सशस्त्रका अर्याललाई आईजी नियुक्त गर्न केही दिनअघि मात्रै सरकारले डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।