काठमाडौं–नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आइजी) लाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ।
सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयको हलमा गृहसचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सिंह र अर्यालको बढुवा गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।