काठमाडौं–नेपाल आयल निगमले आइतबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा रुपैयाँ २ पैसा घाटा रहेको जनाएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै निगमले नयाँ मूल्य सूचीअनुसार डिजेलमा ४० रुपैयाँ १३ पैसा तथा एलपी ग्यासमा १,०५० रुपैयाँ १८ पैसा घाटा रहेको जनाएको हो। मट्टितेलमा २ रुपैयाँ ८१ पैसा तथा हवाई इन्धन (बाह्यतर्फ) ६४ रुपैयाँ ६९ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) १२।६४ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ।
नयाँ सूचीअनुसार आगामी १५ दिनमा ५ अर्ब १९ करोड घाटा हुने आँकलन पनि निगमले गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।