काठमाडौं– ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ प्रहरी अधिकारी आइतबारबाट अवकाशमा जाने भएका छन्। २०४९ वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरु आइतबार मध्यरातिबाट अवकाशमा जाने भएका हुन्।
अवकाशमा जानेमा महानिरीक्षक थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पाल, निरज शाही, प्रधुम्न कार्की, वसन्तकुमार पन्त छन्। त्यस्तै, नायव महानिरीक्षक (डीआईजी)हरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, सौरभ राणा, गणेशबहादुर ऐन, राजेन्द्रप्रसाद चौधरी, पुरुषोत्तम कँडेल, देबबहादुर बोहरा, रामकृपाल साह, प्रकाश अधिकारी, उमेश रन्जितकार छन्।
अवकाशमा जाने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुमा प्रदीपकुमार श्रेष्ठ, नवराज भट्ट र वीरेन्द्र बस्याल छन्।
आईजीपी थापासहितका प्रहरी अधिकारी अवकाशमा जानेभएपछि थापाको ठाउँमा एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।