काठमाडौं– नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी) मा धीरजप्रताप सिंहको बढुवा भएको छ।
सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आईजी बनाएको हो।
२०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंहले २९ वर्ष प्रहरी सेवामा बिताइसकेका छन्। हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख थिए।
डीएसपी हुँदा गोरखा, दोलखा र नुवाकोटमा बसेर सिंहले काम गरेका थिए। एसपी हुँदा पर्सा र दाङको कमाण्ड सम्हालेका थिए। एसएसपी भएपछि भने उनी बागमती प्रदेश कार्यालय र महानगरीय अपराध महाशाखामा रहेकर काम गरेका थिए।
२०२४ कात्तिक २० गते जन्मिएका सिंहले स्नातकोत्तर उर्तिण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।