काठमाडौं– २ जना बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पाको लौङ्ग्री गाउँपालिका-४ घर भइ रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ बस्ने २० वर्षीय भुपेन्द्र पोखरेल छन्।
पोखरेलले ११ वर्षीया र ७ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका-३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाइ फकाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।
पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।