काठमाडौं– नुवाकोटमा बस्ती नै जोखिममा पारेको एउटा ढुङ्गो (चट्टान) नेपाली सेनाले ब्लास्टिङ गरेर व्यवस्थापन गरेको छ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको ढुङ्गो नेपाली सेनाको कालीभञ्जन गण (ई) बाट खटिएको टोलीले व्यवस्थापन गरेको हो।
करिब २० हजार घन मिटरको ढुङ्गा फुटाउन नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँग सहकार्य गरिएको नेपाली सेनाले जनाएको छ।
ढुङ्गो व्यवस्थापन गर्न सेनाको टोलीले गत फागुन १४ गतेदेखि ब्लास्टिङ कार्य सुरु गरेको छ। वैशाख १५ गते ढुङ्गा व्यवस्थापन कार्य सम्पन्न भएको सेनाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।