• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाल बलियो हुँदा अमेरिका बलियो हुन्छ: राजदूत बेरी 

64x64
नेपाल लाइभ शनिबार, वैशाख १७, २०७९  १४:४५
1140x725
तस्बिर सौजन्य: अमेरिकी दूतावास, काठमाडौं

काठमाडौं– नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले नेपाल बलियो हुँदा अमेरिका बलियो हुने बताएका छन्। 

नेपाल तथा अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष लागेको अवसरमा राजधानीमा शुक्रबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राजदूत बेरीले भने, 'यो साझेदारी हाम्रा दुवै देशको हितमा छ। नेपाल बलियो हुँदा अमेरिका बलियो हुन्छ, नेपालीहरू स्वस्थ हुँदा अमेरिकीहरू स्वस्थ हुन्छन्, र नेपालको सार्वभौमिकता मजबुत र सुदृढ हुँदा अमेरिकाको सार्वभौमिकता मजबुत हुन्छ। यसै कारण हामीले अमेरिकाको भविष्यलाई नेपालको भविष्यसँग जोडेका छौँ।'

'सन् उन्नाइस सय सतचालीस (१९४७) देखि हामीले गरेका सबै कामको मूल मर्ममा रहेको मानवीय भावनाले नै भौगोलिक रूपमा फरक भए पनि हामी धेरै कुरामा समान छौँ। र आजको दिनसम्म पनि हाम्रो सम्बन्धलाई गहिराइ प्रदान गर्ने र जीवित राख्ने काम हाम्रा जनताहरूबीच रहेका भावनात्मक सम्बन्धहरूले गरेका छन्,' राजदूत बेरीले भने। 

गएको ६० वर्षमा झन्डै चार हजार पिसकोर स्वयंसेवकहरूले नेपालमा सेवा गरेको राजदूत बेरीले स्मरण गरे। सन्  २०१५ को महाभूकम्पले घर ध्वस्त पारेका  पैँतालीस हजारभन्दा बढी नेपाली परिवारहरू युएसएआईडीका इन्जिनियरहरू, डकर्मीहरू र सामुदायिक समन्वयकर्ताहरूको मद्दतमा पुनर्निमित घरहरूमा सरेका पनि बेरीले बताए। 

उनले  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले नेपालको सडक मर्मत सम्भारमा सुधार गर्नुका साथै नेपालको जलविद्युत्‌को सम्भावनालाई यथार्थमा परिणत गर्न सघाउने विश्वास व्यक्त गरे।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकी सहयोगबाट नेपालको पहिलो टेलिफोन एक्सचेन्जको स्थापना, तराईमा मलेरियाको उन्मूलन, सडकहरूको निर्माण, कुनै समयमा बसोबास अयोग्य रहेका क्षेत्रहरूमा कृषिको विकास,  साक्षरता दरमा वृद्धि र बाल मृत्युदरमा उच्च गिरावट आएको राजदूत बेरीले बताए।  

'हामीले हाम्रा व्यक्तिगत सम्बन्धहरूको शक्ति ती ६ अमेरिकी मरिन सैनिकहरूमा देख्यौँ, जो महाभूकम्पबाट घाइते नेपालीहरूको उद्धार गर्न एउटा जोखिमपूर्ण मिसनमा उडे र आफ्नो जीवन यस सम्बन्धको मर्मप्रति बलिदान दिए। शान्ति स्थापना कार्यहरूमा भाग लिन आफ्नै सैन्य क्षमता निर्माण गर्न र प्राकृतिक विपद्हरू आइलागेर नेपालीको जीवन जोखिममा हुँदा छिटो प्रतिकार्य गर्न नेपाललाई सहयोग गर्ने अमेरिकी सैन्य विशेषज्ञहरू नै हुन्,' उनले भने। 

कोभिड-१९ को महामारीविरुद्ध  अमेरिकाले नेपाललाई  झन्डै ३८ लाख खोपका मात्रा तथा अन्य मेडिकल सामग्री, तालिम र प्राविधिक सहयोगका रूपमा १२ करोड २० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग प्रदान गरेको राजदूत बेरीले बताए।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

युएसएआईडीले हालै स्वीकृत गरेको ६५ करोड ९० लाख अमेरिकी डलरको सहायता सम्झौता खाद्य सुरक्षा बढाउन, आर्थिक वृद्धि गर्न, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न, गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक प्रणालीहरू सुधार गर्न, लोकतान्त्रिक शासनलाई सुदृढ गर्न र प्राकृतिक विपद्हरू न्यूनीकरण  गर्ने नेपालको क्षमतालाई मजबुत बनाउन प्रयोग गरिने उनले जनाए। 

'अमेरिका-नेपाल सम्बन्धका आगामी ७५ वर्षको सुरुवात गर्दै गर्दा म समस्त नेपालीहरूले यो जानुन् भन्ने चाहन्छु कि नेपालप्रति अमेरिकाको गहिरो र अटल स्नेह छ। अमेरिकीहरू नेपालको प्राकृतिक सौन्दर्य, तपाईंहरूको सांस्कृतिक समृद्धि, जातीय  विविधता, स्वादिष्ट खाना, शानदार हिमालहरू, गर्जने नदीहरू, र अपत्यारिला वन्यजन्तुबाट आकर्षित हुन्छन्। तर तपाईं नेपालीहरूको  विश्व प्रसिद्ध न्यानो आतिथ्यप्रति हामी सबैभन्दा बढी आकर्षित हुन्छौँ,' बेरीले भने, 'र यो नै हाम्रो सम्बन्धको आधारशिला हो जसले हामीलाई अघि बढाउनेछ र हाम्रा जनताहरूलाई नयाँ, रोमाञ्चक र परिवर्तनकारी तवरले सहकार्य गर्न सघाउनेछ। अझै राम्रा कुरा आउन बाँकी नै छन्।' 

नेपाल तथा अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।  नेपालले ३ फेब्रुअरी १९५८ मा वाशिङ्गटन डीसीमा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने अमेरिकाले त्यसको एक वर्ष पछि ६ अगष्ट १९५९ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो। ब्रिटेनका लागि नेपाली राजदूत, जनरल केशर शमशेर जबरा, अमेरिकाका लागि पहिलो नेपाली राजदूत नियुक्त गरिएका थिए। 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्