काठमाडाैं-राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन्।
आफूविरुद्ध १० खेलाडीले विद्रोह गरेपछि उनले नयाँ खेलाडीलाई बोलाएका हुन्।
मंगलबार क्याम्प छाडेका खेलाडीको ठाउँमा अल्मुताइरीले विकेश कुथु,जर्ज प्रिन्स कार्कीलगायतका १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। थपिएका खेलाडीले बुधबारबाट नै प्रशिक्षण सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।