काठमाडौं- उत्तर कोरियाली गुप्तचरलाई देशको गोप्य सैन्य सूचना बेचको आरोपमा दक्षिण कोरीयाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमध्ये एक सैन्य अधिकारी छन् भने अर्का व्यक्ति क्रिप्टोकरेन्सी सटहीका प्रमुख कार्यकारी रहेको बीबीसीले जनाएको छ। जसमा सैन्य अधिकारी क्याप्टेन बी र भर्चूअल मुद्रासम्बन्धी कार्यालयका प्रमुख ली रहेका समाचारमा जनाइएको छ।
उनीहरूलाई दक्षिण कोरियाली संयुक्त सैन्य कमान्डको 'लग इन' विवरण चुहाएको आरोप लागेको छ। 'एक उत्तर कोरियाली गुप्तचरको निर्देशनबमोजिम एक बाहलवाला अधिकारी र अर्का गैरसैनिक व्यक्तिले मिलोमतो गरी गोप्य सैन्य जानकारीको जासुसी गरेको पत्ता लागेको पहिलो घटना हो,' दक्षिण कोरियाली प्रहरीले भनेको छ।
क्यामराजडित घडी र एउटा यूएसबी उपकरणको सहायतामा ती विदेशी जासुसलाई गत ज्यानुअरी र मार्चबीच सैन्य सूचना उपलब्ध गराइएको दाबी गरिएको छ।
क्यामराजडित घडी र एउटा यूएसबी उपकरणको सहायतामा ती विदेशी जासुसलाई गत जनवरी र मार्चबीच सैन्य सूचना उपलब्ध गराइएको दाबी गरिएको छ।
दुवै आरोपितहरू अप्रिलको सुरुमै पक्राउ परेका थिए। उत्तर कोरियाली जासुस भनिएका व्यक्ति को हुन् र कहाँ छन् भन्नेबारे केही खुलाइएको छैन। उक्त विवरण दिएबापत उनीहरूले ठूलो रकम लिएको आरोप दक्षिण कोरियाले लगाएको समाचारमा जनाइएको छ।
सन् १९५० देखि १९५३ सम्म चलेको युद्धपछि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध तनावपूर्ण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।