काठमाडौं– युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लाइपजिगले जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा लाइपजिगले रान्जर्सलाई १-० गोल अन्तरले हराएको हो।
लाइपजिग्को जितमा एन्जेलिनोले ८५औं मिनेटमा निर्णायक गोल गरे। यता, बिहीबार राति नै सम्पन्न अर्को खेलमा इंग्लिस क्लब वेस्ट ह्याम फ्रान्कफुर्टसँग २–१ गोल अन्तरले पराजित भएको छ।
फ्रान्कफुर्टको जितमा एन्स्गर कनुफ र दाइची कमाडाले एक एक गोल गरे। वेस्ट ह्यामका मिचायल एन्टोनियोले एक गोल फर्काए।
खेलको पहिलो मिनेटमै फ्रान्कफुर्टले अग्रता लिएको थियो। उसका लागि कनुफले गोल गरे। तर, २१औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि ५४औं मिनेटमा कमाडाले गोल गर्दै फ्रान्कफुर्टलाई २–१ को अग्रता दिलाए। बाँकी समय दुवैबाट थप गोल निस्किन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।