काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीले आफूलाई सरकारले गरेको निलम्बनविरूद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ।
यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो। सर्वोच्चको उक्त आदेशसगै अधिकारी राष्ट्र बैक फर्केका थिए।
आज दुवै पक्षलाई छलफलमा बोलाएकाले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिनेबरे निर्णय हुनेछ।
यदि सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता दिएमा अधिकारी मुद्दाको फैसला नभएसम्म पदमा कायम रहने छन्। तर, अन्तरिम आदेश खारेज गरेमा भने छानविन समिति क्रियाशिल हुने छ र उनी स्वतः पदमुक्त हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।