• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जब प्रेमीले नै सात किलो हेरोइन बोकाएर दक्षिण अफ्रिकादेखि नेपाल पठाए

64x64
नारायण अधिकारी आइतबार, वैशाख ११, २०७९  १६:५४
1140x725

काठमाडौं– जाम्बियन नागरिक कपुतुला अबिसर्ग विगत दुई वर्षदेखि प्रेममा थिइन्। ३५ वर्षीया कपुतुलाका प्रेमी दक्षिण अफ्रिका बस्थे। आफ्ना प्रेमीसँग भेटघाट गर्न उनी बेला–बेलामा दक्षिण अफ्रिका र जाम्बिया ओहोर–दोहोर गर्थिन्।

‘कपुतुलाको पासपोर्टबाट उनी दक्षिण अफ्रिका–जाम्बिया ओहोर–दोहोर गरेको पुष्टि हुन्छ,’ प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ भन्छन्, ‘यसबारे बुझ्दा उनले आफ्ना प्रेमी दक्षिण अफ्रिकामा रहेको बताएकी छिन्।’

विवाह गरेर सन्तान जन्माइसकेकी कपुतुला दक्षिण अफ्रिका बस्ने जाम्बियन नागरिकको प्रेममा थिइन्। उनी दक्षिण अफ्रिका गएर प्रेमीसँगै केही दिन बिताउँथिन्, फेरि फर्केर जाम्बिया आउँथिन्। जाम्बियामा उनको स्नातक तहको पढाइ चलिरहेको थियो। दक्षिण अफ्रिका घुमिरहेका बेला एक दिन उनका प्रेमीले नेपाल घुम्न जाने प्रस्ताव राखे। उनले पनि आफ्नो प्रेमीको प्रस्तावमा सहमति जनाइन्। त्यसपछि उनी जाम्बिया फर्किन्। त्यसको केही समयपछि पुनः आफ्नो नेपाल घुम्न आउने योजनासहित आफ्ना प्रेमी भेट्न दक्षिण अफ्रिकाको यात्रामा निस्किन्। 

सुरुमा कपुतुला एक्लै नेपाल जाने र त्यसको तीन दिनपछि आफू आउने र सँगै घुम्ने योजना प्रेमीले कपुतुलालाई सुनाए। प्रेमीको योजनाअनुसार उनी एक्लै नेपाल आउन तयार भइन्। मे ३ मा दक्षिण अफ्रिका फर्कने टिकट र लाजिम्पाटस्थित एक होटलमा कोठा समेत बुक भयो। सुटकेसमा प्रेमीले सामान प्याक गरे। सुटेकशभित्र फल्स बटम बनाइ दुई वटा लेडिज झोलाभित्र तीन वटा प्लाष्टिकको पोका राखियो। ‘यो सामान लिन एक महिला आउँछिन्। यो उनको तस्बिर हो। सामान उनैलाई दिनु’ आफ्ना प्रेमीले हिँड्ने बेला भनेको कुरा कुपुतुलाले प्रहरीसमक्ष बताइन्।

यसअघि पनि साउथ अफ्रिकाबाट खाडीका देश हुँदै नेपाल आउने व्यक्तिबाट लागुऔषध बरामद भएकाले प्रहरीले कपुतुलाको यात्रामा सुरुवाती संका गरेको थियो। त्यसमा पुष्टि हुने थप सूचना आएपछि राहदानी नम्बर जेटएन–८४०१३१ कि कपुतुला लागुऔषध नियन्त्रण ब्यूरोको उच्च निगरानीमा परेकी थिइन्। 

२४ घण्टा कुरेर भारतीय भरिया पक्राउ
विमानस्थलबाट बाहिरिएपछि दक्षिण अफ्रिकाबाटै बुक भएको लाजिम्पाटस्थित होटलमा पुगिन् कपुतुला। ‘कपुतुलाले सुटकेसमा ठूलो मात्रामा सेतो हेरोइन ल्याएको सूचना पहिल्यै पाए पनि यसमा संलग्न थप व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्नुपर्ने भएकाले हामीले उनलाई होटलसम्म पुग्न दियौं,’ एक अनुसन्धान अधिकारीले भने, ‘होटल पुगेको २४ घण्टासम्म कुरेपछि अर्को भरिया पक्राउ गर्न सफल भइयो।’

कुपुतुलाले ल्याएको सामान लिन आएकी भारतीय नागरिक ३५ वर्षकै केइफाङ मिजोरमलाई एक दिनसम्म कुरेर ब्यूरोले पक्राउ गर्‍यो। उनी वैशाख ५ गते राति ८ बजे उक्त सुटकेसको सामान लिन लाजिम्पाटस्थित एक होटलमा पुगेकी थिइन्।

डेढ लाखमा भरिया, गन्तव्य भारत
अहिलेसम्मको प्रहरी अनुसन्धानबाट खुलेअनुसार कपुतुलालाई उनका दक्षिण अफ्रिका बस्ने जाम्बियन युवकले प्रेमको नाटक गरेर सेतो हेरोइनको भरिया बनाएर नेपाल पठाएको खुलेको छ। सेतो हेरोइनको बारेमा आफूलाई जानकारी नै नदिइ प्रेमीले सामान बोकाएर पठाएको कपुतुलाको दाबी छ। ‘सामान फलानो मान्छेलाई दिनु भनेपछि कपुतुलाले त्यसमा शंका गरेर के–कस्तो सामान भन्ने बुझ्नुपर्थ्यो। त्यो केही नबुझी सामान बोकेकाले कपुतुलाले भनेजस्तो केही थाहै नभएको हुन पनि सक्छ,’ ब्यूरोका एक अधिकारीले भने, ‘तर यसमा भरिया भएर सात किलो कोकिन बोकेवापत उनले केही रकम भने पाएको देखिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रेमको नाटक गरेर दक्षिण अफ्रिकादेखि नेपालसम्म सेतो हेरोइन ल्याउन सफल भएपनि नेपालबाट गन्तव्य भारत पुर्‍याउन भने डेढ लाख रुपैयाँ भारु दिने सहमति भएको अनुसन्धानबाट खुलेको छ। डेढ लाख रुपैयाँ पाउने भएपछि केइफाङ हेरोइन लिन दिल्लीबाट हवाई मार्ग हुँदै काठमाडौं आएकी थिइन्। उनको फर्कने रुट पनि हवाई मार्ग नै रहेको पाएको छ। तर, हेरोइन रिसिभ गर्दागर्दै उनी पक्राउ परिन्।

भारतीय महिला केइफाङ यसअघि पनि लागुऔषध आसोरपसारमा संलग्न रहेको खुलेको छ। कतिसम्म भने उनी आफैं भारतबाट दक्षिण अफ्रिकासम्म पुगेर लागुऔषध ल्याएको ब्यूरोको डीएसपी फणिन्द्र प्रसाईंले बताए। उनी होटलमा वेटरको काम गर्ने महिला हुन्।

इन्टरपोलको सहयोगमा अनुसन्धान, थप ३ जनाको पहिचान
यति ठूलो मात्रामा अफ्रिकाबाट सेतो हेरोइन काठमाडौं भित्र्याइएको पहिलो घटना हो। ठूलो मात्रामा हेरोइनसहित विदेशी नागरिक पक्राउ परेपछि थप अनुसन्धानमा ब्यूरो जुटेको छ। अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयतामा समेत यो घटनाको अनुसन्धान भइरहेको ब्यूरो स्रोतले जनाएको छ। 

अनुसन्धानको क्रममा प्रेमी बनेर दक्षिण अफ्रिकाबाट हेरोइन पठाउने व्यक्तिले यसअघि पनि पटक–पटक अन्य देशमा हेरोइन पठाएको खुलेको छ। उनैले पठाएको हेरोइनसहित केही दिनअघि मात्रै भारतमा केही मान्छे पक्राउ परेका पाइएको ब्यूरोका एक अधिकारीले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सात किलो सेतो हेरोइनको अनुसन्धानको क्रममा कुपुतुलाको प्रेमीसँगै भारतमा रहेका अर्का एक भारतीय नागरिक पनि संलग्न रहेको खुलेको छ। त्यस्तै, जाम्बियामा रहेका एक व्यक्तिको नेक्सस पनि सात किलो सेतो हेरोइनमा जोडिएको ब्यूरो स्रोतले जनाएको छ। उनीहरुमाथि इन्टरपोलको सहयतामा थप प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्