• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जब प्रेमीले नै सात किलो हेरोइन बोकाएर दक्षिण अफ्रिकादेखि नेपाल पठाए

64x64
नारायण अधिकारी आइतबार, वैशाख ११, २०७९  १६:५४
1140x725

काठमाडौं– जाम्बियन नागरिक कपुतुला अबिसर्ग विगत दुई वर्षदेखि प्रेममा थिइन्। ३५ वर्षीया कपुतुलाका प्रेमी दक्षिण अफ्रिका बस्थे। आफ्ना प्रेमीसँग भेटघाट गर्न उनी बेला–बेलामा दक्षिण अफ्रिका र जाम्बिया ओहोर–दोहोर गर्थिन्।

‘कपुतुलाको पासपोर्टबाट उनी दक्षिण अफ्रिका–जाम्बिया ओहोर–दोहोर गरेको पुष्टि हुन्छ,’ प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ भन्छन्, ‘यसबारे बुझ्दा उनले आफ्ना प्रेमी दक्षिण अफ्रिकामा रहेको बताएकी छिन्।’

विवाह गरेर सन्तान जन्माइसकेकी कपुतुला दक्षिण अफ्रिका बस्ने जाम्बियन नागरिकको प्रेममा थिइन्। उनी दक्षिण अफ्रिका गएर प्रेमीसँगै केही दिन बिताउँथिन्, फेरि फर्केर जाम्बिया आउँथिन्। जाम्बियामा उनको स्नातक तहको पढाइ चलिरहेको थियो। दक्षिण अफ्रिका घुमिरहेका बेला एक दिन उनका प्रेमीले नेपाल घुम्न जाने प्रस्ताव राखे। उनले पनि आफ्नो प्रेमीको प्रस्तावमा सहमति जनाइन्। त्यसपछि उनी जाम्बिया फर्किन्। त्यसको केही समयपछि पुनः आफ्नो नेपाल घुम्न आउने योजनासहित आफ्ना प्रेमी भेट्न दक्षिण अफ्रिकाको यात्रामा निस्किन्। 

सुरुमा कपुतुला एक्लै नेपाल जाने र त्यसको तीन दिनपछि आफू आउने र सँगै घुम्ने योजना प्रेमीले कपुतुलालाई सुनाए। प्रेमीको योजनाअनुसार उनी एक्लै नेपाल आउन तयार भइन्। मे ३ मा दक्षिण अफ्रिका फर्कने टिकट र लाजिम्पाटस्थित एक होटलमा कोठा समेत बुक भयो। सुटकेसमा प्रेमीले सामान प्याक गरे। सुटेकशभित्र फल्स बटम बनाइ दुई वटा लेडिज झोलाभित्र तीन वटा प्लाष्टिकको पोका राखियो। ‘यो सामान लिन एक महिला आउँछिन्। यो उनको तस्बिर हो। सामान उनैलाई दिनु’ आफ्ना प्रेमीले हिँड्ने बेला भनेको कुरा कुपुतुलाले प्रहरीसमक्ष बताइन्।

यसअघि पनि साउथ अफ्रिकाबाट खाडीका देश हुँदै नेपाल आउने व्यक्तिबाट लागुऔषध बरामद भएकाले प्रहरीले कपुतुलाको यात्रामा सुरुवाती संका गरेको थियो। त्यसमा पुष्टि हुने थप सूचना आएपछि राहदानी नम्बर जेटएन–८४०१३१ कि कपुतुला लागुऔषध नियन्त्रण ब्यूरोको उच्च निगरानीमा परेकी थिइन्। 

२४ घण्टा कुरेर भारतीय भरिया पक्राउ
विमानस्थलबाट बाहिरिएपछि दक्षिण अफ्रिकाबाटै बुक भएको लाजिम्पाटस्थित होटलमा पुगिन् कपुतुला। ‘कपुतुलाले सुटकेसमा ठूलो मात्रामा सेतो हेरोइन ल्याएको सूचना पहिल्यै पाए पनि यसमा संलग्न थप व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्नुपर्ने भएकाले हामीले उनलाई होटलसम्म पुग्न दियौं,’ एक अनुसन्धान अधिकारीले भने, ‘होटल पुगेको २४ घण्टासम्म कुरेपछि अर्को भरिया पक्राउ गर्न सफल भइयो।’

कुपुतुलाले ल्याएको सामान लिन आएकी भारतीय नागरिक ३५ वर्षकै केइफाङ मिजोरमलाई एक दिनसम्म कुरेर ब्यूरोले पक्राउ गर्‍यो। उनी वैशाख ५ गते राति ८ बजे उक्त सुटकेसको सामान लिन लाजिम्पाटस्थित एक होटलमा पुगेकी थिइन्।

डेढ लाखमा भरिया, गन्तव्य भारत
अहिलेसम्मको प्रहरी अनुसन्धानबाट खुलेअनुसार कपुतुलालाई उनका दक्षिण अफ्रिका बस्ने जाम्बियन युवकले प्रेमको नाटक गरेर सेतो हेरोइनको भरिया बनाएर नेपाल पठाएको खुलेको छ। सेतो हेरोइनको बारेमा आफूलाई जानकारी नै नदिइ प्रेमीले सामान बोकाएर पठाएको कपुतुलाको दाबी छ। ‘सामान फलानो मान्छेलाई दिनु भनेपछि कपुतुलाले त्यसमा शंका गरेर के–कस्तो सामान भन्ने बुझ्नुपर्थ्यो। त्यो केही नबुझी सामान बोकेकाले कपुतुलाले भनेजस्तो केही थाहै नभएको हुन पनि सक्छ,’ ब्यूरोका एक अधिकारीले भने, ‘तर यसमा भरिया भएर सात किलो कोकिन बोकेवापत उनले केही रकम भने पाएको देखिँदैन।’

nimb
nimb
Ncell 2
Ncell 2

प्रेमको नाटक गरेर दक्षिण अफ्रिकादेखि नेपालसम्म सेतो हेरोइन ल्याउन सफल भएपनि नेपालबाट गन्तव्य भारत पुर्‍याउन भने डेढ लाख रुपैयाँ भारु दिने सहमति भएको अनुसन्धानबाट खुलेको छ। डेढ लाख रुपैयाँ पाउने भएपछि केइफाङ हेरोइन लिन दिल्लीबाट हवाई मार्ग हुँदै काठमाडौं आएकी थिइन्। उनको फर्कने रुट पनि हवाई मार्ग नै रहेको पाएको छ। तर, हेरोइन रिसिभ गर्दागर्दै उनी पक्राउ परिन्।

भारतीय महिला केइफाङ यसअघि पनि लागुऔषध आसोरपसारमा संलग्न रहेको खुलेको छ। कतिसम्म भने उनी आफैं भारतबाट दक्षिण अफ्रिकासम्म पुगेर लागुऔषध ल्याएको ब्यूरोको डीएसपी फणिन्द्र प्रसाईंले बताए। उनी होटलमा वेटरको काम गर्ने महिला हुन्।

इन्टरपोलको सहयोगमा अनुसन्धान, थप ३ जनाको पहिचान
यति ठूलो मात्रामा अफ्रिकाबाट सेतो हेरोइन काठमाडौं भित्र्याइएको पहिलो घटना हो। ठूलो मात्रामा हेरोइनसहित विदेशी नागरिक पक्राउ परेपछि थप अनुसन्धानमा ब्यूरो जुटेको छ। अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयतामा समेत यो घटनाको अनुसन्धान भइरहेको ब्यूरो स्रोतले जनाएको छ। 

अनुसन्धानको क्रममा प्रेमी बनेर दक्षिण अफ्रिकाबाट हेरोइन पठाउने व्यक्तिले यसअघि पनि पटक–पटक अन्य देशमा हेरोइन पठाएको खुलेको छ। उनैले पठाएको हेरोइनसहित केही दिनअघि मात्रै भारतमा केही मान्छे पक्राउ परेका पाइएको ब्यूरोका एक अधिकारीले बताए। 

सात किलो सेतो हेरोइनको अनुसन्धानको क्रममा कुपुतुलाको प्रेमीसँगै भारतमा रहेका अर्का एक भारतीय नागरिक पनि संलग्न रहेको खुलेको छ। त्यस्तै, जाम्बियामा रहेका एक व्यक्तिको नेक्सस पनि सात किलो सेतो हेरोइनमा जोडिएको ब्यूरो स्रोतले जनाएको छ। उनीहरुमाथि इन्टरपोलको सहयतामा थप प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्