काठमाडौं– पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान ग्रिनविच स्कुलनजिकै खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो।
बा ५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा बाइकमा सवार दवै जनाको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका–६ का कमल आले मगर र गोपाल आले मगरको मृत्यु भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा परेका दुबैको टाउकोमा चोट लागेको थियो। दुवैलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। दुवैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।