काठमाडाैं-सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा आरसी ३२ ले खालिबारी युथ फुटबल क्लबलाई १–० ले पराजित गरेको हो।
आरसी ३२ को जितमा आशिष लावतीले ३औं मिनेटमा निर्णायक गोल गरे ।
शुक्रबार नै भएको पहिलो खेलमा महावीर क्लबले स्पोर्टस एकेडेमी साँगालाई २–१ ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।