इस्लामावाद–पाकिस्तानीले बनाएका ६५ लाख भिडियो टिकटकले हटाइदिएको छ। हिंसा भड्काउन सघाउ पु¥याउने भन्दै टिकटिकले ती भिडियो हटाएको हो। टिकटक छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको छ।
टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको जनाइएको छ। धेरै भिडियो एकै चरणमा हटाइएका देशमध्ये पाकिस्तान तेस्रोमा पर्छ।
हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उल्लंघनसम्बन्धी प्रतिवेदनअनुसार पाकिस्तानीले बनाएका ६५ लाख ६३ हजार ५ सय ९४ भिडियो हटाइएको हो । सोही अवधिमा कूल आठ करोड ५७ लाख ९४ हजार २ सय २२ भिडियो हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।