काठमाडौं– नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि संचालनमा आएको छ।
७४ वर्ष लामो नेपाली वायु सेवाको इतिहासमा काठमाडौं बाहिर अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालनमा आएको यो पहिलो पटक हो।
आगामी जेठ २ गते (मे १६) बुद्ध जयन्तिका दिनदेखि उक्त विमानस्थल संचालनमा आउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याएको छ।
धावनमार्गबाट पहिलो उडान यति र अवतरण बुद्ध एयरलाइन्सको जहाजले गरेका छन्। मे १६ बाट भने अन्तर्राष्ट्रिय उडान सुरु हुने प्राधिकरणले जनाएको छ।
अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।